0 COMMENTS

रमिला बस्नेत ,उदयपुर,असाेज १२/हिन्दु नेपालिहरुको महान चार्डको रुपमा लिईने वडा दशै/बिजय दशमी नजिकिदै गर्दा देश परदेशमा रहेका नेपालिहरु आ-आफ्नो घर परिवार आफन्तजन सङ्गको भेटघाट सङ्गै दशै मनाउन घर गाउँ सम्म पुग्नको निम्ति निकै हतारोमा यात्रा तय गरि रहेका हुन्छ ।

यस्तै क्रममा बुधबार खोटाङ चिसापानी घर भै हाल मोरङ्गको पथरी बस्दै आएकी एक महिला जो उनी पनि घर जान बसको यात्रा गर्ने क्रममा पथरी बाट उदयपुरको मुर्कुची सम्म छुट्ने त्रियुगा ट्राभल्स काे ना ४ ख ५४७९ नम्बरको बसबाट उदयपुरको गाईघाट सम्म आउने यात्राको क्रममा उनको साथमा रहेको पर्स हरायो जहाँ आफू सङ्ग रहेको सम्पुर्ण रकम रू २३ हजार पाँच सय त्यही पर्स भित्र रहेको थियो बाकी साथमा एक रुपैयाँ समेत नरहेको पिडित महिला बताउछिन्। बस भित्र मान्छेको थेगी नसक्नुको भिड यात्रा नगरी नहुने यात्रीहरुको बध्यता यस्तै मौका हेरि पकेटमाराको लागि अनुकुल समय हुने गर्छ यस्तो समय । यस्तो अवस्थामा आफैले आफ्नो ख्याल गर्न नसके ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ।

यस्तै भएको छ खोटाङ्ग चिसापानी घर भएकी २८ बर्षिय पुनम मगरलाई । आफू सङ्ग नाबालक छोरा समेत साथमा सङ्गै रहेको बसमा धेरै मान्छेको भिडभाड भएकोले आफू र आफ्नो बच्चालाई सुरक्षा गर्न निकै मुस्किल भएको कारण साथमा रहेको पर्सको ख्याल गर्नै भुलेर पर्स हरायो खोजतलास गर्न असम्भब भयो पक्कै पनि पकेटमारले नै पर्स लगेको सङ्का गर्छिन पिडित मगर । बस बाट जब ओर्लि सके पछि आफू सङ्ग भएको पर्सको सम्झना आयो साथमा यता उता सबै खोजतलास गरिसके पछि कहि कतै नभेटिए पछि उनी अत्तालिन थालिन, उनी यति बेला गाईघाटको बसपार्कमा रुदै बच्चा बाेकेर भाैतारी रहेकी हुन्छिन त्यो अवस्था देखेर बसपर्कमै ड्यूटिमा खटिएको एक प्रहरी हवल्दारको नजर उनी तिर पर्छ, प्रहरी हवल्दर कुलप्रसाद पाण्डे जस्ले साेध पुछ गर्ने क्रममा पिडित मगर भक्कानिदै आफ्नो सबै बेदना बृतान्त उनलेे हवल्दार पाण्डेलाई पोखिन त्यो सबै कुरा सुनेपछि पाण्डेले बसपार्कमा रहेका केही मान्छेहरुलाई आर्थिक सहयोगको अपेक्षा सहित सहयोग जुटाउनको निम्ति अनुरोध गरे, सबैले पिडितको त्यो अवस्था देखि सके पछि सहयोगी मनहरुले पिडित पुनमलाई सकेको सहयोग जुटाई तत्काल आर्थिक सङ्कलन गरि एक मुस्ट रकम रु.२९ सय पचास रुपैयाँ सङ्कलन गरि पिडित पुनम मगरलाई हवल्दार पाण्डेले हस्तन्तरण गरेको हवल्दार पाण्डे सङ्गै सकृय रुपमा आर्थिक सङ्कलनमा जुटेका समाजसेवी युवा द्धय/किर्तिमानी युवा संघ नेपालका अध्यक्ष चित्र कुमार कार्की र वसन्त गजमेरले बताएका छ्न् ।रकम हस्तान्तरण पछि साथमा एक पैसा नभएर अलपत्र परेर अत्ताली रहेकी पुनम घर सम्म पुग्न सक्ने भएपछी खुशिले हर्षित हुँदै प्रहरी हवल्दारको गुण,स्थानियहरुको सहयोग यो क्षण जिवनमा आफुले कहिलै भुल्न नसक्ने बताईन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।