“दशै आइसक्यो ,पैसा नि छैन ।केटाकेटीलाई नयाा लुगा सामल—तामल किन्नु पथ्र्यो”कवि पत्नी फतफताइन् ।कविले सुनिरहे केहि जवाफ दिएनन् । “हैन तपाई किन बोल्नुहुन्न? छिमेकीका घरमा खसी म्याा म्याा कराई सक्यो सुन्नु भएन? , कवि घोरिएर बसे बोलेनन् । “हैन ! तपाईलाई तखाली.. कविता लेख्न पाए पुग्छ । भान्छामा के छ , के छैन मतलवै गर्नुहुन्न । हैन मैले मात्र कसरि घर धान्नु ? दुखेसो पोखिन् कवि पत्नीले ।
ध्यानमग्न कविले सुनिरहे केहि भनेनन् । कवि पत्नीलाई खपि नसक्नु भयो तिनले झर्कदै अलि ठूलो स्वरमा भनिन् “हैन चाडवाड मनाउन नसक्नेले किन विहा गर्याहोला? ब्यर्थै” ।
फेरि पनि कविले कुनै प्रतिकृया जनाएनन् ।सहि नसक्नु भयो कवि पत्नीलाई र घचघच्याउादै पतिलाई भनिन् “हैन तर्पाइ त अब सास फेर्ने मूर्ति बन्नुभयो कि क्या हो ? दशैं जस्तो ठूलो चाडको तपाईलार्इृ कुनै चिन्ता छैन ?
कवि झसङ्गै भएर पत्नी तर्फ हेर्दै भने “छ प्रिय मलाई ठूलो चिन्ता छ ।त्यसैलेत दशैं शिर्षकमा कबिता लेख्न भनेर सोचिराको नि ”।