0 COMMENTS

नवलपरासी, ११ असोज ०७४/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १० प ६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।