0 COMMENTS

काठमाडौं११, असोज ०७४/बाराको कलैया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेश राय यादव विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै रहिमा खातुन विजयी भइन । उनले १०५३८ मत प्राप्त गरिन ।

योसँगै असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।घोषित परिणाममा नेपाली कांग्रेस ४० स्थान जितेर प्रदेश नम्बर दुईमा पहिलो स्थानमा रहेको छ ।

त्यसपछि संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।अब जम्मा दुई स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी स्थानमा पर्साको वीरगन्ज महानगरपालिका र सप्तरीको राजविराज नगरपालिका छन् ।

ती स्थानमा मतगणना भइरहेको छ । वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता कायमै राखेको छ ।अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १८२३१ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले १६४९१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ११००१ मत प्राप्त गरेका छन् ।राजविराज नगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।राजपाले २०२० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका उम्मेदवारले १७११ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १७०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।