0 COMMENTS

चौतारा, १० असोज ०७४/ स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ ।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बद्मासी भएको पाइएपछि लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिँदै आएको थियो त्यसबाट वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाले चौतारा साँगाचोकगढी नगरपालिकाले बडादशैँको उपलक्ष्यमा घरघरमै गएर भत्ता वितरण गर्न थालेको हो ।

सबै ठाउँमा बैंक उपलब्ध नहुने र अनिवार्य बैंकमा उपस्थित भई खाता खोली भत्ता झिक्न बैंकले मञ्जुरीनामा समेत अस्वीकृत गरेकाले सेवाग्राहीलाई समस्या परेको थियो । अब घरबाटै भत्ता बुझ्न पाएकामा वडा नं ७ निवासी रुद्रबहादुर दंगाल निकै खुशी देखिनुहुन्छ । त्यस्तै ८४ वर्षीय मीरबहादुर श्रेष्ठका दम्पतीले पनि बोकिएर बैंकमा ओहोरदोहोर गर्नुपरेको सास्ती र हण्डर खाएको स्मरण गर्दै दशैंको मुखमा घरमै भत्ता बुझ्न पाउँदा खुशी लागेको बताउनुहुन्छ ।

नगरपालिकामा हाल कार्यकारी अधिकृतसमेत नभएको अवस्थामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अख्तियारी पत्र लिई नगरपालिकाभरि चार महिनाको ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा अपांग भत्ता करिब रु एक करोड ७५ लाख वितरण गरिएको उपप्रमुख जानुका पराजुलीले बताउनुभयो ।

“कतिपयले भत्ता आउँला र दशैँ मनाउला भनेर बसेका लाभग्राहीलाई दशैँको मुखमा भत्ता वितरण गरेको” उपप्रमुख पराजुलीले भन्नुभयो– “पहिलेका कर्मचारीले बद्मासी गरे पनि हामी जनप्रतिनिधिको हैसियतले त्यस्तो अनियमितता नहुने प्रतिबद्धता गरेरै भत्ता वितरण गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।