0 COMMENTS

काठमाण्डाै १०असाेज०७४/  बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले मंगलवार स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पछिका सय दिनमा भए गरेका कामको विवरण सार्बजनिकिकरण तथा बिजया दशमी ,दिपावली ,छठ र नेपाल सम्बत ११३८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा १० मा रहेको मिलन चाेक पार्टी भेन्युमा प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेलले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थीए ।  उक्त कार्यक्रमा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेल रहेका थिए भने बिशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा देबी रार्इ रहेकी थिईन त्यस्तै अन्य अतिथिहरुमा विभिन्न वडाका वडा अध्यक्षहरु, कपन प्रहरी प्रभागका निरीक्षक , समाजसेबी, वडा सदस्यहरु , समाजका प्रतिष्ठित ब्यक्तिहरु, संघ संस्था  प्रतीनीधी लगायत स्थानियहरुको बाक्लो उपास्थिति रहेको थियो ।

कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले बिभीन्न कारणले गर्दा जनप्रतीनीधीहरूले तिन महीनामा तेती धेरै उल्लेखनीय कार्यहरू गर्न नसके पनी अब अाउने दिनमा नगरपालीका सबै वडाहरूमा  छिटै बिकास निर्माणको कामले गति लिने बताए।

 मेयर खरेले नगरपपालिकामा  सुशासनकायम गर्ने कुरामा  काेही कसै संग सम्झौता नगर्ने र यदी काेही  कसैले यस्ताे स्थीतीकाे श्रृजना गरे गराएकाे जानकारी अायकाे खण्डमा जाे सुकै भए पनी नगरपालीका प्रमुख भएकाे हैसीयतले अाफुले सक्त कारवाही गर्नेकुरा स्पष्ट पारेका थीए र अाउदाे पाँच बर्ष भीत्र कपनका सम्पुर्ण बाटाेहरू मा चील्ला पीच भइसक्ने र बुडानीलकष्ठ नगर पालीका का प्रतेक घर घरमा खानयाेग्य पानीकाे ब्यवस्था गराइने कुराकाे जानकारी गराएका थीए ।

साथै उनले  बुढानीलकष्ठ नगरपालीकाका  जनताहरू  बिकासको लागि जागरूकहुन अनुराेध गरेका छन तत्काल अाफुले  सिमित श्रोत र साधन ले धेरै कामहरु गर्नुपर्ने बाध्यता रहे पनि आफ्नो सिंगो टिम लगायत बुद्दिजिवी र बिज्ञहरु संग निरन्तर छलफल गरि योजना निर्माणमा  अफु नीरन्तर लागी परेकाे हुदा सम्बन्धित सबैलार्इ शुन्दर र समृद्ध नगर निर्माणकालागी  अाफुहरूलाइ सहयाेग गर्न अनुराेध गर्नु भयाे ।

कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राइले बिजय दशमी ,दिपावली ,छठ र नेपाल सम्बत ११३८ को उपलक्ष्यमा शुभकामना दिदै आफुले महिलाहरुलाई प्राथमिकता दिदै उनीहरुको शसक्तिकरणको लागि सधै लागिरहेको बताइन उनले  सबैलाई समेटेर  बुढानीलकष्ठ नगरपालीकाकाे  बिकासमा हातेमालाे गर्नु पर्ने कुरा बताइन ।

कार्यक्रममा बोल्दै वडा नं १० का अध्यक्ष नबराज भट्टराईले आफु स्थानीय निर्वाचनमा निर्वाचित भए पश्चात १०० दिनमा गरेका कामहरु सार्वजनिक गर्दै सबैलाई बिजय दशमी ,दिपावली ,छठ र नेपाल सम्बत ११३८ को उपलक्ष्यमा शुभकामना दिएका थिए ।कार्यक्रम संचालन वडा नं १० का सचिव नविन्द्र तामाङ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।