0 COMMENTS

 रमिला बस्नेत, उदयपुर,असाेज १०/ नेपालिहरुकाे महान चाड बडा दशैकाे पावन अवसरमा ससस्त्र प्रहरी बेस क्याम्प बेल्टार द्वारा दशैकाे शुभकामना अादनप्रदान कार्यक्रम पराम्परागत तथा साैहार्द पुर्णरुपमा सम्पन्न भएकाे छ।

उक्त कार्यक्रममा मेयर खगेन्द्र राई ,लगायत नवनिर्वाचित प्रतिनिधिहरू ,पत्रकार हरु अभिनास राई,केदार कट्वाल,बुद्धिजीवीसमाजसेवी ,महिला अधिकार कर्मि , डा.सन्ताेस राई शिक्षक मनाेज कुमार झा,चाैदण्डिगढि नगरपालिका प्राथमिक स्वास्थ सेवा केन्द्रका ब्यवस्थापन समितिका अध्यक्क्ष भुवन श्रेष्ठ ,समाजसेवी प्रसान्त राई,शम्भु पाैँडेल लगायतका अन्य ब्यक्तित्वहरुकाे बाक्लाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्बप्रथम ज्येष्ठ नागरक द्वार पिङ खेल्दै शुभारम्भ गरिएकाे थियाे ।स.प्र .नि.गणेश दत्त पाण्डेले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्णले अा-अाफ्नाे तर्फबाट शुभकामना अादन प्रदान गर्दै अा अाफ्नाे प्रतिभा पनि देखाएका थिए। कार्यक्रमकाे अन्त्यमा नाच गान गर्दै रमाइलो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।