0 COMMENTS

चौतारा, ९ असोज ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । 

नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोल्नुभएको स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बायोग्यास प्लाण्ट, सामुदायिक भवन लगायतमा रु दुई करोड सहयोग प्रदान गरिने भएको हो । 

भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायका लागि एक सामुदायिक भवनसहित ६३ घर निर्माण गर्न लागिएको छ । हाल निर्माणाधिन १५ घर आगामी तिहारसम्म सम्पन्न गरिसक्ने फाउण्डेशनका सचिव यज्ञराज कार्कीले बताउनुभयो । 

एकिकृत बस्ती निर्माण गर्न भूकम्पको पहिलो किस्ताबापतको रु ५० हजार अनुदान सबैले समितिकै नाममा बैंक खाता खोली जम्मा गरिसकेका छन् । प्रत्येक घर रु सात लाखको लागतमा बन्ने र पुनःनिर्माण प्राधिकरणबाट दिइने रु तीन लाख अनुदान अपुग भएपछि दुई प्रतिशत ब्याजमा चौतारास्थित लक्ष्मी बैंकबाट रु चार लाख ऋण उपलब्ध गराइने भएको छ । एक वर्षको अवधिमा एकिकृत बस्ती सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

बस्तीमा रहेको सामुदायिक भवन रु २० लाखको लगानीमा बंगलादेशस्थित ढाका क्लब लिमिटेडले बनाइदिने भएको छ । बस्तीको लागि बायोग्यास प्लाण्ट र शौर्य ऊर्जाको लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले व्यवस्था गरिदिने भएको छ । एक हजार लिटर क्षमताको ६५ वटा पानी ट्याङ्की काभ्रे निवासी शक्र तामाङले फाउण्डेशनमार्फत सहयोग उपलब्ध गराउने सचिव कार्कीले बताउनुभयो । नायिका खड्काको स्वर्गीय पति श्रेष्ठको मूल घर बाह्रबिसे नगरपालिका– ७ घुम्थाङमा पर्छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।