0 COMMENTS

 रौतहट, ९ असोज०७४ /रौतहटका १८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज विहान गरुडा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सबै स्थानीय तहमा मतगणना सकिएको हो ।

गरुडा नगरपालिकाको मेयरमा संघिय समाजवादी फोरम नेपालका ईनु राय यादव र उपमेयरमा नेपाली कांग्रेसकी रंगिला देवी जयसवाल निर्वाचित हुनुभएको छ । देशकै सबभन्दा बढी १६ नगरपालिका र २ गाउँपालिका मात्रै रहेको रौतहटमा नेपाली कांग्रेसले सबै भन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेको छ । कांग्रेसले सबभन्दा बढी ८ स्थानीय तह जितेर पहिलो भएको छ । संघिय समाजवादी फोरमले ४ तहमा जित हाँसिल गर्दै दोश्रो, माओवादी केन्द्रले ३ स्थानीय तहमा जित हाँसिल गरेर तेश्रो भएको छ । राजपा २ स्थानीय तहमा जित निकालेर चौथो भएको छ ।

नेपाल लोकतान्त्रिक एक स्थानीय तहमा विजयी भएका छन् । कांग्रेसले परोहा, गढीमाई, चन्द्रपुर, फतुवा विजयपुर, वृन्दावन, राजदेवी, राजपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा विजयी भएको छ । संघिय समाजवादी फोरमले गरुडा, देवाही गोनाही, माधवनारायण र बौधीमाई नगरपालिकामा विजयी भएका छन् । माओवादी केन्द्रले मौलापुर र कटहरिया नगरपालिका तथा यमुनामाई गाउँपालिकामा विजयी भएको छ भने राजपा गौर र गुजरा नगरपालिकामा विजयी भएका छन् । त्यस्तै फोरम लोकतान्त्रिकले ईशनाथ नगरपालिकामा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।