0 COMMENTS
काठमाण्डाै ८असाेज०७४/  बुढानिलकण्ठ नगरपालिका वडा ब्यापी फुटबलमा पहिलो  ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब क्वाटर प्रवेश गरेकाे छ । तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको आज भएकाे  पहिलो खेलमा बुढानिलकण्ठ नगरपालीका वडा नं ३ काे  शिवपुरी नवज्योति क्लब र बुढानिलकण्ठ नगरपालीका वडा नं ११को लक्ष्मीटार युवा क्लब बीच भएको  खेलमा वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब बिजयी भएको छ |
 
प्रतियोगितामा अाज पहिलो  ह्याट्रिक गर्दै रोशन ठकुरीले सर्बाधिक गोलकर्ताको सुचिमा आफुलाई पहिलो स्थानमा राख्न सफल रहे | कप्तान रोहित खड्काको सटिक पासमा रोशनले आफ्नो पहिलो गोल गरेका थिए | आजको खेल पश्चात शिवपुरी नव ज्योति युवा क्लबलाई उपाधिको दाबेदारकाे रूपमा खेल हेर्न अाएका धेरैजसाे दर्शकले अनुमान लगायका छन | निक्कै सन्तुलित र आक्रामक खेल खेलेका बुढानिलकण्ठ नगरपालीका वडा नं ३ को शिवपुरी नव ज्योति क्लब लगभग पुरै  खेल आफ्नो पकडमा राख्दै बुढानिलकण्ठ नगरपालीका वडा नं ११ काे लक्ष्मीटार युवा क्लबलाई ३ -० गोलकाे लामाे  अन्तरले पराजित गरेकाे छ ।
भाेली हुने क्वाटर फाइनल खेल अाजका बीजेता वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब र बुढानिलकण्ठ नगरपालीका  वडा नं  १३ गाम्चा युवा क्लब बिच  बुढानीलकष्ठ स्कुलकाे खेलमैदान हुने अायाेजक बुढानीलकष्ठ युवा समाजका कार्यक्रम संयोजक संजय ठकुरी ले जानकारी दिएका  छन । 
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।