0 COMMENTS

सिन्धुपाल्चोक,८ असाेज२०७४/बिजया दशमी तथा शुभ-दिपावलीकाे अबसरमा चाैतारामा सरसफाई कार्यक्रम सम्पन्न  । बिजया दशमी, शुभ-दिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा “घर बजार सफा राखौ, स्वस्थ बनौ” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका  ५ सहिदचोक स्थित बनदेवी मन्दिरमा अाज सामुदायिक प्रहरी तथा विकास सेवा केन्द्र चौतारा सिन्धुपाल्चोकले सरसफाईमा ध्यान दिन र मठ मन्दिर, महत्वपुर्ण प्रतिष्ठान तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नु पर्ने लगाएतका बिषयमा सम्पुर्ण नगरबासी हरूलाइ बिशेष आग्रह गर्दै  मन्दिर सरसफाई कार्यक्रमकाे अायाेजन गरीएकाे थीयाे ।

उक्तकार्यक्रम प्रमुख अतिथी सामुदायिक प्रहरी कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेल लगाएत सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, रेडक्रस, जिल्ला स्काउट, पत्रकार, स्थानिय बुद्धिजिवी, भद्रभलादमीहरुको सहभागिता रहेकाे थीयाे भने कार्यक्रमकाे सभाअध्यक्षता बिकास सेवा केन्द्रका अध्यक्ष रोहिणीराज जोशीले गरेका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।