0 COMMENTS

गाईघाट,उदयपुर, ८ असोज ०७४/ जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो ।

जिल्ला वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवकाअनुसार मृत वयस्क भाले हात्ती कोशी टप्पु क्षेत्रको जंगलको भएको र पेशेवार शिकारीका गिरोहले हात्तीलाई खाने कुरामा विष हालेर दिएपछि बेहोस हुँदै सिसौलीको जंगलमा आएर मरेको अवस्थामा फेला पारिएको थियो ।

मृत्यु भएको हात्तीको दाँत र पुच्छरसमेत आधुनिक मेसिन प्रयोग गरेर काटेर लगेका कारण हात्तीलाई पेशेवार सिकारीको गिरोहले मारेको जिल्ला वन कार्यालयसहित क्षेत्रीय वन कार्यालयका पदाधिकारीले अनुसन्धानमा फेला पारेको सूचना अधिकृत यादवले बताउनुभयो ।

हात्ती विष सेवनका कारण छटपट्टिदै कोशी टप्पु क्षेत्रबाट तीन किलोमिटरभित्र सिसौलीको जंगलमा आएर ढलेको अनुमान सो टोलीको थियो ।करिब २५ वर्ष जति पुगेको उक्त भाले हात्तीको दुबै दाँत मेसिन प्रयोग गरेर काटिएको अवस्थामा फेला पारिएको थियो । दुबै दाँतको मूल्य दश लाखसम्म पर्ने पनि सूचना अधिकृत यादवले बताउनुभयो । सिसौली वन क्षेत्रको छेउमा सशस्त्र प्रहरीको बेसक्याम्प छ भने दक्षिण पूर्वतर्फ स्थानीयवासीको बसोवास रहेको क्षेत्रमा पनि यस्ता घटनाले चोरीशिकारी गाउँ÷गाउँमा नै प्रवेश गर्न थालेको स्थानीय बुद्धराज भुजेल र भविन्द्र राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।