0 COMMENTS

आठराई, तेह्रथुम, ८ असोज ०७४/ सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

एकचालिस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर जानुभएको थियो । एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।