0 COMMENTS

गाईघाट ७असाेज०७४/ सकारात्मक परिवर्तनका लागि युवा आवाज, गाउँ चिनाऔं केन्द्रसम्म, देश चिनाऔं विश्वसम्म भन्ने मुल नाराका साथकिर्तिमानी युवा संघले शनिबार विहान एक कार्यक्रमको आयोजना गरी २६ जनालाई सम्मान गरेको छ ।

संघले वडादशैंको शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रमको आयोजना गरी विभिन्न विद्यामा कृतिमानी कायम गर्ने र सामाजिक योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कृतिमानी युवाहरुसहित सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउने चारजना प्रहरी, तीनजना पत्रकार, तीनजना कलाकर्मी, दुईजना शिक्षक÷प्राध्यपक, दुईजना व्यवसायी, दुईजना उद्यमी, एकजना अधिकारकर्मी, एक खेलाडी लगायत सम्मानीत भएका हुन् ।

कार्यक्रममा १ मिनेटमा सबैभन्दा धेरैपटक टेबलटेनिस बल अल्टरनेटिभ लगाएर विश्वकृतिमान कायम गरेका उदयपुरका युवा अम्बिका निरौला सम्मानित भएका थिए । उनले एकसय मिलिलिटर मट्टितेलले १२९ पटक आगोको ज्वाला निकाल्नुका साथै एक मिनेटमा ८१ पटक आगोको ज्वाला निकाले विश्व कृतिमानी कायम गरेका छन् । त्यस्तै बाईक स्टेण्डको प्रतिभा भएका खोटाङका दिलिप राई, एउटा खुट्टा काँधमा राखेर एउटा हातले राष्ट्रिय झण्डा र एउटा खुट्टो ह्याण्डीलमा राखेर ५० किलोमिटरको स्पीडमा मोटरसाईकल कुदाउने प्रतिभाका युवा मनिष श्रेष्ठ लगायत सम्मानीत भएका थिए । श्रेष्ठ मोडल, निर्देशकसमेत हुन् ।

त्यस्तै त्रियुगा नगर प्रहरी इन्चार्ज बुद्धिमान चोम्वाङ, प्रहरी हवल्दार कुलप्रसाद पाण्डे र ट्राफिक प्रहरी जवान गोविन्द पौडेल सम्मानित भएका थिए । त्यस्तै कलाकार तथा नाट्यकर्मीहरु गोपाल कृति र विरशबाबु शाही, गायक शैलेन्द्र खतिवडा सम्मानित भए । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख रमेश रोका, त्रियुगा उच्च माविका प्राचार्य सुबास विष्ट, खेलाडी रमिला बस्नेत, व्यवसायीहरु रमेश विक र चुडामणी कार्की, उद्यमीहरु सौगात केसी र मनिषा दनुवार पनि सम्मानित भएका थिए । त्यस्तै समाजसेवी विनोद राउत, विशेष भट्टराई, किर्तिमानी युवा संघ इटहरी अध्यक्ष प्रतिक्षा अधिकारी, मोरङका अध्यक्ष बैजु मण्डल, चण्डेश्वरी युवा क्लव सम्मानित भएका थिए ।

त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरी र एसपी नवराज भट्टलाई विशेष सम्मान गरिएको कार्यक्रममा पत्रकारहरु भोटराज राई, विश्वराज तामाङ र टम्पसेर राई, अधिकारकर्मी नजबुल खान (निलम), लाईसमेत सम्मान गरिएको थियो ।

विश्व उल्टो मोटरसाईकल यात्री तथा संघका केन्द्रिय अध्यक्ष चित्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका अतिथिहरु नेकपा एमाले उदयपुरका युवा नेता भागवत राउत, नेकपा माओवादी केन्द्र उदयपुरका युवा नेता कुशल कार्की, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, फोटो पत्रकार समुहका अध्यक्ष गजेन्द्र राई लगायतले शुभकामना तथा बधाई मन्तब्य राखेका थिए ।

संघको कार्य प्रशंसनीय

त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै किर्तिमानी युवा संघले गर्दै आएको कृतिमानी कामको प्रशंसा गर्दै कामलाई निरन्तरता दिन सुझाव दिएकि छिन् । आप्mनो तर्फबाट पनि सहयोग गर्ने बचन राख्दै उनले गुम्सिएर रहेका युवाहरुको प्रतिभा प्रस्फुटन गराउने वातावरण संघले मिलाएर प्रशंसनीय काम गरेको बताईन् ।

त्यस्तै विशेष आतिथ्यको रुपमा बोल्दै प्रहरी प्रमुख एसपी नवराज भट्टले संघको गतिविधिबाट युवाहरुमा लागुऔषध विरुद्धको सचेतना पनि जागोस् भन्ने सुभेच्छा प्रकट गरे । साथै समाजमा सरसफाई, शान्ति, सुशासन जस्ता कुरामा टेवा पुर्याएकोमा प्रशंसा गरे । अन्य वक्ताहरुले किर्तिमानी युवा संघको गतिविधिको प्रशंसा गर्दै उनीहरुले देशभरका छरिएका र लुकेर रहेका प्रतिभाहरुलाइ संगठित पार्न प्रशंसनीय काम भएको बताए ।

संघको लक्ष किर्तिमानी संग्राहलय स्थापना

किर्तिमानी युवा संघका केन्द्रिय अध्यक्ष चित्रकुमार कार्कीले उदयपुरमा किर्तिमानी संग्राहलय स्थापना गर्ने लक्ष रहेको बताएका छन् ।

नेपालभरीका विभिन्न विद्याका कृतिमानी युवाहरुको बारेमा सम्पूर्ण जानकारी एकैठाउँमा पाउन सक्ने र कृतिमानीका लागि उनीहरुले प्रयोग गरेका सामग्रीहरुको संग्राहलय बनाउने उद्देश्यका साथ संग्राहलय स्थापनाका लागि पहल कदमी सुरु गरिएको कार्कीले बताए । संग्राहलय स्थापनाका लागि फराकिलो जग्गाको आवश्यकता पर्ने उनले बताए । जग्गाका लागि सम्बन्धित निकायहरुमा कुरा भईरहेको उनले बताए । सबैको सहयोगको अपेक्षा गर्नै उनले विदेशमा रहेका युवाहरुले विशेष सहयोगको चासो देखाएको बताए ।

संग्राहलयका साथ गोरर्खालीको सानका लागि विश्वकै सबैभन्दा अग्लो र ठुलो खुकुरी बनाइने पनि उनले बताए । देशको ६५ जिल्लामा शाखा विस्तार गरिसकेको संघको कार्यालय भवन निर्माणको काम भईरहेको उनले बताए । कार्यालयका लागि जग्गा बाहिर नपाएपछि आप्mनै व्यक्तगत जग्गामा निर्माण थालिएको जानकारी दिए ।स्राेतःपुर्ण पाेष्ट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।