0 COMMENTS

काठमाडौं ७ असाेज ०७४/कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा छिन् ।

दाङकी उनी एमाले सचिव शंकर पोखरेलमार्फत कुराकानी चलाएर एमाले प्रवेशमा जुटेकी हुन् । यसअघि पशुपति शमशेर राणाले पार्टी फुटाएसँगै चर्चित नायिका रेखा थापाले पनि राप्रपा छाडेकी थिइन् । थापा अहिले राणाको पार्टीमा आबद्ध छिन् । ओलीले अहिले चुनाव लड्नका लागि टिकटको फिक्स गराएर एमाले प्रवेशमा जुटेको बताइएको छ ।
गत वर्षको मंसिर ६ गते कमल थापाको हातबाट टिका लगाएर वली राप्रपामा प्रवेश गरेकी थिइन् भने सो लगत्तै उनले रेडियो नेपालको जागिर पनि त्यागेकी थिइन् । वलीलाई यसविषयमा बुझ्न सम्पर्क गर्दा भने सम्पर्कमा अाइनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।