0 COMMENTS

 भरतपुर ६असाेज०७४/नेपाल जनता पार्टीको जिल्ला अध्यक्ष, सचिब र संयोजकहरुको राष्ट्रिय भेला शुक्रबार गैडाकोटमा सम्पन्न भएको छ । नेपालको बर्तमान संविधान नमान्ने र नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागी जस्ताे सुकै कुर्बानी दिनपरे पनि अाफुहरू पछि नहटने भन्दै नेपालमा निकट भविष्यमा हुन गैरहेको केन्द्रीय चुनाव र प्रदेश सभाको चुनावलाई केबल उपयोग मात्र गर्ने तर यो संविधानलाई नमान्ने दलको रणनीति रहेको कार्यक्रममा बताइएको थियो ।

हिन्दुवादीहरु सदैव शान्तीमार्गी मात्रै भएको कारणले चौतर्फी रुपमा हिन्दुमाथी आक्रमण हुने गरेकोले आउने दिनमा अब पार्टीले आक्रमक र अस्तित्व रक्षाका लागि संर्घष गर्न परेमा सो पनि पछि नहटने कार्यक्रममा बताइएको थियो । कार्यक्रममा नेपालका ४० जिल्लाका जिल्ला अध्यक्ष, सचिब र जिल्ला संयोजकहरुको सहभागिता रहेको जनाइएको थीयाे । संचार संस्थाहरुलाई जानकारी नदिइएर कार्यकर्तालाई प्रशिक्षण र आगामी कार्य दिशा तयार पार्न गरिएको गोप्य भेलामा मधेशवादी, जनाजाती र पहाडी समुदायका क्रान्तिकारी हिजोका माओवादी लडाकु, मधेश आन्दोलनका नेता र कांग्रेस एमालेका जिल्ला स्तरिय नेताहरुको समेत उपस्थिती रहेको जनाइएकोे छ ।

भेलाले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने, धर्म परिवर्तनलाई अक्षम्य अपराध मानिनु पर्ने, धर्म परिर्वतन गर्नेहरुको नागरिकतामा पुरानो धर्मको थर पनि परिर्वतन हुनु पर्ने । देशमा बढदो इशाई करण र मुस्लिमी करणको सामाना गर्नु पर्ने, अंगिकृत नागरिकता वालालाई उच्च पदमा निर्वाचित हुन दिन नहुने जस्ता मागहरु राखि देश व्यापी आन्दोलन गर्ने तयारी गरेको जनाएको छ ।

पार्टीको केन्द्रीय भेलाले हिन्दु दस्ता तयार पार्ने र नेपालको गणत्नत्र र संघियतालाई आत्मसाथ गर्दै हिन्दुराष्ट्र बनाउने बताईएको छ । कार्यक्रममा २५ औं बर्ष जनजाति र हिन्दुराष्ट्रका अध्यायन गरेका जनजातिका नेता प्रेम थुलुड, मधेश आन्दोलनका कुनै जमानाका उपेन्द्र यादबका डिजाईनर भनेर चिनिने किशोर विश्वास लगायतले पनि नेपालमा हिन्दुराष्ट्रको विकल्प नभएको बताएका थिए । भेला पार्टीका केन्द्रीय अध्यक्ष अनिल शर्माको अध्यक्षतामा संचालन भएको हामीलाई विशेष शुत्रवाट समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।