0 COMMENTS

काठमाडौँ, ६ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानानुसार बागलुङका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई आज उपाध्यक्षमा मनोनयन गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिन्दूराष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रहको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रप्रमुखका रुपमा आलंकारिक संवैधानिक राजसंस्था कायम गरी कार्यकारी प्रमुखका रुपमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाको खाँचो औँल्याउनुभयो ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पूर्ण समानुपातिक व्यवस्था कायम गर्न माग गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम सम्बन्धित स्थानीय तह र क्षेत्रको सिफारिससहित यही असोज २२ गतेभित्र पेश गर्न जिल्ला कार्यसमितिलाई बैठकले निर्देशन दिएको छ । प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा राप्रपालाई मतदान गर्ने सम्पूर्ण जनतामा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।