0 COMMENTS

आश्विन ६, २०७४-काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।

हतियारसहति गुण्डा भेला भएको सूचना पाएर उक्त स्थानमा पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली माथि तीनरचारजनाको समूहमा रहेका गुण्डाहरुले अकस्मात दुई राउण्ड गोली चलाएपछि प्रहरी टोलीले पनि जवाफी कारबाहीमा गोली चलाएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

एसएसपी लोहनीका अनुसार घुँडामुनी गोली लागि घाइते भएका गौतम चक्रेमिलन समूहका हुन् । घाइते गौतमलाई प्रहरीले नै हिरासतमा लिएर बीर अस्पतालको ट्रमा सेन्टर लगेको छ । घटनापछि फरार रहेका अन्य गुण्डाहरुको खोजी भइरहेको छ । र्इकान्तीपुर

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।