0 COMMENTS

रमीला बस्नेत, गाईघाट (उदयपुर), ६ असोजः जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ ।

स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी र जिल्ला वन कार्यालयको टोली आजै जंगलमा पुगेको छ ।जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन सक्ने बताउनुभयो ।अहिले प्रहरी र वनका कर्मचारीले अध्ययन थालेको र अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने वन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।