0 COMMENTS

तनहुँ, ६ असोज०७४/ नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा नेपाल संवत् नयाँ वर्ष ११३८ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता जोशीले अधिनायकबाद लाद्ने किसिमले काम भएकोले अव यस्तो किसिमले नभई सबैको भावनाको कदर गरी सबैलाई समेट्दै लैजान सक्नुपर्छ भन्नुभयो ।

प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको जग नै १२ बुँदे सम्झौता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयोे– “नेपालको राष्ट्रियता बलियो भयो भने मात्रै नेपाली जनतालाई बचाउन सकिन्छ ।”

नेपाली काँग्रेसका अर्का नेता प्रदीप पौडेलले विद्यमान राष्ट्रको चुनौतीलाई समाधान गर्ने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सांसदद्वय धुव्र वाग्ले, झुलबहादुर आले, नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने, प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य लगायतका वक्ताले अहिलेको राजनीति बिषयवस्तुको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।