0 COMMENTS

काठमाडौँ, ६ असोज ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ । 
राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ ।

मन्त्री बस्नेतले “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेका छन् र धेरै देशले विकास र समृद्धि गरेका छन्,” भन्दै सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको बताउनुभयो । 

“कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पुर्याउने गरी काम भइरहेको छ,” उहाँले भन्नुभयो– “राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्नेमा सरकार गम्भीर भएर कार्य गरिरहेको छ ।” 
मन्त्री बस्नेतले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै फोटो पत्रकारलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको धारणा राख्नुभयो । 

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकार संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो । 
उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारले लाखौँ रुपैयाँ खर्च गरेर क्यामरा किने पनि क्यामरा र मान्छेको बीमा नहुँदा समस्या परेको बताउँदै मन्त्रालयलाई उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 
समूहका अध्यक्ष धुव्र आले, पूर्वअध्यक्ष कवीन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारी लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०५३ मा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आबद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । 
कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पुर्यारएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो । 
सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कवीन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, साहसिक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।