0 COMMENTS
डा.सुरेन्द्र सिटाैला

बुढीआमा सिकिस्त हुदा ,
नजिकै स्वास्थ्य चौकी ,
लान पाए हुन्थ्यो ।
घरमा आगो लाग्दा ,
दमकल छिर्ने ,
बाटो भए पुग्थ्यो ।

बाबाको शबयात्राको अगुवाइमा ,
बाटा भरी छर्ने बुर्की ,
आफ्नै घरको भकारी बाट ,
झिक्न पाए हुन्थ्यो ।

मैले के नै धेर मागेको छु र ?
साहु सङ ऋण काढेर ,
पैसा कमाउन अरब गएको भाइ ,
काठको बाकसमा फर्किदा ,
कात्रो किन्ने पैसा ,
आफ्नै गोजी बाट झिक्न पाए हुन्थ्यो ।

भाइको मृत्यु संगै ,
भाइका लाला बालाको ,
हराएको खुसी ,
अनि ,
भाइबुहारीको बेदनाको शुष्केराहरु लाई ,

पुनः बन्दी बनाउने ,
साहुको ऋणको कैद्खाना ,
तोड्न पाए हुन्थ्यो ।

अरु मैले धेरै के नै मागे र ?
मेरै देशको मुटुमा ,
नराम्ररी गाडिएको ,
भ्रष्टाचारको सुइरो लाई ,
सकुसल निकालेर फाल्ने ,
एउटा कुसल सर्जन ,
छिट्टै भेट्न पाए हुन्थ्यो ।

अन्ततः ,
पराइ सङ पैचो नमागी ,
अब उप्रान्त ,
आफै सङ हास्न पाए हुन्थ्यो ।
मैले के नै धेर मागे र ?
अभिजात्य शाषक बर्गका कारण ,
मैले आर्जेको मगन्ते पगरी ,
अब छिट्टै फाल्न पाए हुन्थ्यो ।
अनि ,
आउने बिहानीको प्रथम प्रहर मै ,
हिमाल झै खुसी भएर ,
डाफे संगै नाच्न पाए हुन्थ्यो ।
अनि,
आनन्दका शुष्केरा सुसेल्दै ,
घर गाउँका आफन्त हरु संग ,
संगै मिलेर खित्का छोड्दै ,
फेरि पटक पटक हास्न पाए हुन्थ्यो ।
क्र्मस ———-

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।