0 COMMENTS

काठमाडौँ, ०४, असोज २०७४/नेपाल मजदुर किसान पार्टीबाट सांसदका उम्मेदवार बनेका देवराज डंगोलको नेतृत्वमा १५ जना एमालेमा प्रवेश गरेका छन् । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ र ३ संगठन कमिटीको अधिवेशनको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उनीहरुलाई पार्टीमा भित्र्याउनुभयो ।

एमाले प्रवेश गर्नेमा टोखाका सागर श्रेष्ठ, किरण डंगोल, शैलेन्द्र डंगोल, सुरज डंगोल, सुमनकुमार श्रेष्ठ, प्रकाश लिम्बू, सुशील डंगोल, साजन डंगोल, श्रीकृष्ण श्रेष्ठ लगायत छन् । युवाहरुको नेतृत्व गर्दै आफू एमाले प्रवेश गर्न पाएकोमा खुसी लागेको डंगोलले बताउनुभयो । डंगोल गत संविधानसभा निर्वाचनमा नेमकिपाबाट सांसद उम्मेदवार हुनुहुन्थ्यो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव पोखरेलले सम्पूर्ण प्रगतिशील र देशभक्तहरु एमालेको नेतृत्वमा गोलबद्ध हुन आवश्यक रहेको बताउनुभयो । ‘देश र जनतालाई माया गर्ने स्वाभिमानी र राष्ट्रप्रेमीहरु गोलबद्ध हुन जरुरी छ । त्यसको नेतृत्व एमालेले गर्छ’- महासचिव पोखरेलले भन्नुभयो । प्रदेश र संघको चुनाव नजिकिँदै काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको पक्षमा माहौल देखिन थालेको छ । यो क्षेत्रमा नेकपा एमालेका महासचिव पोखरेलले चुनाव लड्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।