0 COMMENTS

 काठमाडौं, ४ असोज ०७४/ काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई सोमबार पक्राउ गरिएको छ ।

दार्चुला काँटे गाउँपालिका–३ घर भई काठमाडौं न्यूरोडस्थित रन्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसल संचालन गरी बस्ने ४२ वर्षीय गणेशदत्त बडुलाई १० लाख ८२ हजार रुपैयाँ, भारतीय रुपैयाँ ८ हजार, अमेरिकन डलर १ हजार १ सय, काठमाडौं महानगरपालिका–२५ वाङ्गेमुढास्थित घरमा शाक्य सुनचाँदी पसल संचालन गरी बस्ने ५९ वर्षीय शुभरत्न शाक्यलाई १ करोड ४२ लाख नगद र १ के.जी. २०९ ग्राम सुन साथै चाँदीको सिक्का २ हजार ४ सय ७८ ग्राम सहित र भारत विहार मधुवनी जिल्ला जयनगर थाना घर भई काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्स संचालन गरी बस्ने ५९ वर्षीय सत्यनारायण अग्रवाललाई नेपाली १३ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।

यसैगरी भारत महाराष्ट्र साङली जिल्ला, आठपाडी थाना घर भई हाल काठमाडौं ओटुमा पशुपती सुन चाँदी खार्नी पसल संचालन गरी बस्ने ३८ वर्षीय नन्दकुमार मर्गले र सोही ठाउँ घर भई काठमाडौं ओटुमा सिद्धनाथ सुनचाँदी खार्नी पसल संचालन गरी बस्ने ५८ वर्षीय उल्लास दिनकर सालुखे समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।