0 COMMENTS

 रमिला बस्नेत उदयपुर ,अासाेज ३/ लामो समय देखिन अाैलानी जग्गामा बस्दै अाएका सुकुम्बासीलाई उदयपुरको बेल्टारमा वेवस्थित गर्ने भएको छ । उदयपुरको चौदण्डीगदी नगरपालिकाका मेयर खगेन्द्र राईले भूमिहीन समस्या समाधानको बिषयमा आफ्नो नगरपालिका पहिलो हुने बताएका छन् । सोमवार सम्पन्न चौदण्डीगदी नगर भूमि अधिकार मञ्चको प्रथम नगर अधिबेशनलाई शुभकामना दिने क्रममा मेयर राईले सो कुरा बताएका हुन् ।

उनले प्रादेशिक निर्वाचन पस्चात सामान्य कानुन परिमार्जन गरेर निस्पक्ष रुपमा वास्तविक भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्ने बताए । “अब भूमिहीन समस्या समाधानका लागी कस्तो कानुन बनाउने हो” मेयर राईले भने “उपयुक्त सल्लाहका लागि सबैमा अपिल गर्दछु ।” उनले जनप्रतिनिधिहरुले मात्र नभएर सबैले कानुन बनाउनु पर्ने भएकाले पनि सबैको सल्लाह रहन आवश्यक रहेको बताए ।

प्रदेशको निर्वाचन पस्चात कानुन परिमार्जन लगत्तै लालपुर्जा बितरण्लाई पहिलो प्राथमिता दिईने बताए । उनले भूमिहीनलाई लालपुर्जा दिनेमा जिल्ला कै पहिलो नगरपालिकाको रुपमा चौदण्डीगदी नगरपालिका बन्ने समेत बताएका छन् । “सुरक्षित घरवास सबैलाई, खेति योग्य जमिन किसानलाई” भन्ने नारा सहित चौदण्डीगढी नगर भूमि अधिकार मञ्चको आयोजनामा भएको कार्यक्रमलाई नबनिर्वाचित जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक दल र नगरिक समाज लगायतका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।