0 COMMENTS

रौतहट, असोज २ /रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित गमहरिया मतदान केन्द्रमा माओवादीका बुथ प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

एक जना मतदाताले कसरी मत हाल्ने भनेर प्रश्न गरेपछि माओवादीका बुथ प्रतिनिधिले सिकाएका थिए । छेउमै रहेका राजपा र संघीय समाजवादी फोरमका बुथ प्रतिनिधिले माओवादीमा भोट हाल्न सिकाएको भन्दै विवाद झिकेर आक्रमण गरेका थिए ।विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिए । तर उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।

सो विषयको तनाबले करिब आधा घन्टा निर्वाचन रोकिन पुगेको थियो । प्रहरीको हवाइ फायरपछि भिड तितरबितर भएपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले   जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।