0 COMMENTS

रमिला बस्नेत ,उदयपुर भदौ ३१/ नेपाली कांग्रेशका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशि नदी स्थित धाप्लाङमा मोटरेबल पक्कीपुलको सिलन्यास गर्नु भएको छ ।

शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसी नदिमा मोटरेवल पक्की पुलको शिलान्यास भएको हाे । पुल सिलन्यासको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पुल निर्माण भएपछि खोटाङ र उदयपुरको विकासको ढोका खोलिने र खोटाङको आर्थिक र भौतिक विकासले गति लिनेमा आफु बिस्वस्त रहेको प्रधानमन्त्री देउवाले बताउनु भएको थियो ।

२२ करोड ५ लाख रुपैयाँको लागतमा २०० मिटर लम्बाई र साढे १० मिटर चौडाईको पक्कीपुल धाप्लाङघाटमा निर्माण गर्न लागिएको हो ।

४०/४० मिटरमा पाँचओटा पिलर रहने पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले लिएको छ । २०७३ असोजमा सम्झौता भएको सो पुल २०७६ असारभित्रमा पूरा गर्नेगरी जीम्मा लिएको हो ।

‘संघ र प्रदेशसभाको चुनाव सकिएपछि देशले स्थायीत्व पाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायीत्व पाउने बताउनु भएको छ ।शनिबार खोटाङ र उदयपुर जोड्ने सुनकोशि नदि स्थित धाबलाङ घाटमा निर्णमाण गर्न लागीएको मोटरेबल पक्कीपुलको सिलान्यास गर्ने क्रममा एस्तो बताउनु भएको हो । पुल सिलान्यास कार्यक्रममा मन्तब्य राख्दै प्रधानमन्त्री देउवाले केही समयपछि हुने संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायीत्व पाउने र विकासले अपेक्षित गती लिने बताउनु भएको थियोे ।

प्रधानमन्त्री देउवा संगै कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का एमालेका माननीय संसद विशाल भट्टराई नारायण बहादुर कार्की लगाएत नेता कार्यकर्ता बुद्धिजीवी पत्रकारको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।