0 COMMENTS

विराटनगर ३१ भदाै०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधान मन्त्री शेरबहादुर देउवा प्रती लक्षीत गर्दै  मिल्ने  भए प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पार्टीका सबै सांसदलाई मन्त्री बनाउने थीए  भन्दै ब्यङग्य प्रहार गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै ओलीले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा अब्बल रहेको आरोप लगाए । वर्तमान सरकारले भ्रष्टाचार र अनियमिततामा रेकर्डनै बनाएको उनले आरोप लगाए ।

सरकार दमित भएकाले भ्रष्टाचार नियन्त्रण गर्ने, कानुन कार्यान्वयन गर्ने र संविधान कार्यान्वयन गर्ने निकायले प्रभावकारी काम गर्न नसकेको बताए ।
नेपाल आयल निगममा भएको भ्रष्टाचारका सम्बन्धमा एमाले किन मौन बसेको भन्ने संचारकर्मीको जिज्ञासामा भने अध्यक्ष ओलीले स्पष्ट जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।