0 COMMENTS

चण्डीगढ ३१ भाद्र २०७४/ बलात्कारको अभियोगमा सजाय पाइरहेका बाबा राम रहीममाथि हत्याको आरोप थपिएको छ । हत्या आरोपमा आज अन्तिम सुनुवाइ हुँदैछ । पंचकूला सिबिआइ कोर्टमा हुने सुनुवाइका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बाबामाथि पत्रकार रामचन्द्र छत्रपतिको हत्याको आरोप छ । छत्रपतिले आफ्नो अखबारमा डेरा सच्चा सौदामा हुने गैरकानुनी कामको बारेमा समाचार छाप्थे । डेरामा साध्वीहरुमाथि यौनशोषण हुने गरेको खबर सबैभन्दा पहिले यही अखबारले छापेको थियो । डेराविरुद्ध समाचार छापेको अभियोगमा बाबाका शुटरले २४ अक्टोबर २००२ मा ५ गोली हानेको आरोप छ ।

बाबामाथि अर्को हत्याको आरोप पनि छ । अर्को मुद्दामा बाबाले रणजीत सिंहको हत्या गरेको आरोप छ । रणजीत डेरा व्यवस्थापन समितिका सदस्य थिए । उनी राम रहीमको निकै नजिक भएका कारण उनका गलत कामको बारेमा रणजीतलाई थाहा भएको र सोही कारण उनको हत्या गरेको बाबामाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।