0 COMMENTS

काठमाडौं ३०भदाै०७४/ ससुरालीमा पाहुना लाग्न पुगेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेका छन् ।बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेका घर्तीलाई अज्ञात समूहले बोलाएर लगेको जिल्ला प्रहरी कार्याल रोल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

‘थवाङ–२ बाट उँहालाई राती दुईबजे अज्ञात समूहले लगेको खुल्न आएको छ’ डिएसपी थापाले भने, ‘घटनास्थबाट चौकी दुई घण्टा टाढा छ, हामीले खोजी कार्य तीब्र बनाएका छौं ।’

स्थानिय प्रशासनले विर बहादुर घर्तिको अपहरण विप्लप माओवादीले गरेको हुनसक्ने आशंका गरेको छ । शनिवार एक कार्यक्रमका लागी माओवादी अध्यक्ष प्रचण्ड थवाङ जाँदै छन् ।सोही कार्यक्रम विफल बनाउन वडा अध्यक्षको अपहरण गरेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।