0 COMMENTS
डा.सुरेन्द्र सिटाैला

देश,
ढुङ्गा माटो र जङ्गल ,
अनि ,
पहाड र नदीको निशाना भित्र बधिएको ,
भुगोल मात्र होइन ।

देश ,
कतै साडे पसेर ,
अन्न बाली सर्बनास गर्छ कि भन्दै ,
पर्खाल र काडेतार ,
अथबा जङे पिलारले जोगाएको ,
घर वरिपरिको ,
मकै वारि पनि होइन , देश ।

देश ,
पुर्खको रगतले ठड्याएको ,
सहासको पर्खाल माथी उभिएर ,
आमाका सोझा सन्तानहरुका ,
भावनाका पहरेदार हरुले जोगाएको ,
मेरो , तिम्रो अनि हाम्रो ,
साझा फुलबारी हो , देश ।

अतृप्त आकान्छ्याको मृगतृष्णा मेट्न ,
समुद्र पारी टाढा कतै ,
जीबनको मरुभूमिमा ,
भौतारीएर कुद्धा कुद्धै ,
थाकेर लखतरान भएको बेला ,
आमाले दिएको स्नेहको सिरानीमा ,
टाउको अड्याएर ,
मस्त सङ निदाउन पाउने ,
साझा घरबारी हो , देश ।

बिदेशीको अपमान र हेपाइको बज्रपातले ,
बिछिप्त बिचरो मन ,
दुधमुखे बालकले ,
आमाको काखमा मुख लुकाएर ,
आत्मिय रुवाइ रोए झै ,
डाको छोडेर रुन पाउने ,
आस्थाको पबित्र धरातल हो , देश ।
अनि ,
पैत्रिक संस्कारको ,
बिसारत बचाइ राख्ने ,
संस्कृतिको उर्बरा कोठेबारी हो , देश ।

देश ,
कथम कदाचित ,
बिदेश बाट लखेटिएर ,
शरणार्थी भइ भाग्नु परे ,
फुलमालाले स्वागत गर्दै ,
तिम्रो आगमनको खुसियालीमा ,
आमाको खुसी नाच्ने ,
तिम्रै मामाघरको ,
मायालु आगन हो , देश ।

मृगतृष्णारुपि जीबनको यात्रामा ,
बिदेशमा तिमिले सोचेको ,
अनि मृगले मरुभूमिमा टाढा देखेको ,
पानीको तलाउ भन्दा फरक ,
आफु भित्रै भेटिने ,
अथाह आनन्दको ,
गहिरो तलाउ हो , देश ।

तिमी मान या नमान ,
कर्मबीर हरु लाइ ,
जन्मदै इश्वरले दिएको ,
अलौकिक बरदान हो , देश ।

तिम्रा हर उपलब्धी हरुमा ,
हर्षद्रबित आखाले ,
एक थोपा आँसु ,
तिम्रो सम्मानमा चुहाउने ,
असंख्य आफन्त हरुको ,
शान्त र सुन्दर बस्ती हो , देश ।

अनि तिमिलाइ थाहा छ ?
तिमी सङ प्रत्यक बर्ष ,
भैली माग्न आउने ,
तिम्रै बहिनीको ,
माइती घर हो , देश ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।