0 COMMENTS

काठमाडौं२९ भदौ ०७४/ अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धीत देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो ।

बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसूरमा संलग्न भइभागेका अभियुक्त फिर्ता गर्न सीआइबीले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।