0 COMMENTS

काठमाडौं, भदौ २९ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।

मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रतक्ष्य प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१ सांसदले निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनुअघि नै सबै निर्वाचन क्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ ।

संभीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम तत्कालै सञ्चालनमा ल्याउने गरी जिल्ला प्राविधिक कार्यालयलाई पत्राचार गरेपछि सरकारको तयारी सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।