0 COMMENTS

काठमाण्डाै २८ भाद्र२०७४/चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाइरहेका छन् ।

बुधबार दिउँसो रूपन्देही बस्ने ३९ वर्षिय कमला भट्टराईको मृत्यु भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको अप्रेशनकाे लागी अाेम हस्पीटल  भर्ना भएकी थिइन् । मृतकका आफन्त प्रकाश न्याैपानेका अनुशार डाक्टरको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएको बताए ।मृतकका श्रीमान बसन्त भट्टराईका अनुशार  कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

कमला भट्टराइका अाफन्तका अनुशार  शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको तर रगत नरोकिएपछि पनी  डक्टर हरूले कहीले ग्यास्ट्रिक कहीले हर्टअट्याक भन्दै हामीलाइ  अत्यधीक मात्रामा औषधि किन्न लगाइयाे पछी फेरी डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका अर्का आफन्त विदुर दाहालले भने, ‘शल्यक्रियापछि डाक्टरले अाफुहरूलाइ कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको  सुनाए ।मृतक कमला भट्टराई एक स्वास्थ कर्मी पनी रहेकाे अाफन्तले बताए अहीले   बिरामीको मृत्यु भएसंगै उनका आफन्तहरुले अस्पताल घेरेका छन् र अन्यायकाे बिराेध गर्न खाेज्दा अस्पतालले प्रहरी बाेलायकाे र  प्रहरीले समेत अाफुहरूमाथी लाठी प्रयाेग गरेकाे भन्दै मृतकका अाफन्तले प्रहरीकाे समेत बीराेधमा नारा जुलुस प्रदर्शन गरेका थीए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।