0 COMMENTS

मेलम्ची, २७ भदौ०७४/ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् ।

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र रु एक हजार जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र रु ५० जरिवाना तोकेको थियो । दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र रु एक हजार ५० जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।