0 COMMENTS

बनेपा, २७ भदौ०७४/ काभ्रेपलाञ्चोकको बनेपाबाट प्रहरीले दुई किलो चरेशसहित तीन जनालाई आज पक्राउ गरेको छ ।

बनेपा नगरपालिका–१४ काक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र पाँचखाल नगरपालिका–१० का ४४ वर्षीय कान्छा सार्कीलाई बनेपाबाट र लागुऔषध कारोबार गर्ने सोलुखुम्बु घर भई कामपा–१ सीतापाइलामा डेरा गरी बस्ने ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये प्रहरीले बनेपाबाट लामा र सार्कीलाई पक्राउ गरेको केही बेरमा नै बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध कारोवार ऐनअन्र्तगत मुद्दा चलाइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।