0 COMMENTS

पोखरा, २७ भदौ०७४/स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । 

साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  

आज बाट सुरु भएको   कार्यक्रम महिनाकाे  ५ दिन हुने गरीने र स्वास्थ्य स्याहार कार्यक्रम अन्तरगत घरदैलोमा १२ वटा टोली गाउपालिका भित्रका सात वटा स्वास्थ्य केन्द्रबाट २३ जना स्वास्थ्यकर्मी, ३६ जना महिला स्वास्थ्य स्वयमसेवी, २९ जना प्रतिनिधी र ५ जना बिषयगत कार्यलयका कर्मचारी गरेर ९३ जना जनशक्ती परिचालन भएको छ । साबिक फेदीखोला , आरुखर्क, भाटखोला र बागेफड्के गाबिसका सम्पुर्ण वार्डमा खटि स्वास्थ्य परिक्षणको अबस्था बुझी अस्पताल जान नस्कनेहरुलाइ थप उपचार गर्न दुइ महिनामा सम्पुर्ण वार्डमा स्वास्थ्य शिबिर समेत सन्चालन गर्ने छ । गाउपालिका भित्र १७११ जना जेष्ठ नागरिक रहेका छन ।

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने तथा अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।