0 COMMENTS

बेल्टार, भदौ २६ / बिभिन्न क्षेत्रसँग सम्बन्धित कार्यमार्फत देशमा कीर्तिमान कायम गर्न सफल युवाहरुको छाता संगठन कीर्तिमानी युवा संघ, नेपाल शाखा बेल्टारले स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि, स्थानीय बुद्धिजीवि, नागरिक समाज, शिक्षक, सुरक्षा निकाय तथा बिभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुसँग संयुक्त रुपमा परिचयात्मक तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेल्टारस्थित स्थानीय सिटीहलमा आयोजित कार्यक्रममा चौनपाका मेयर खगेन्द्र राईले युवाहरुका लागि विशेष लगानी आवश्य रहेको बताए ।

उनले बिभिन्न सामाजिक संघसंस्थामार्फत सामाजिक विकासका लागि लगानी गर्दा प्रभावकारी हुनेमा जोड दिए । उनले स्थानीय स्तरमा थुप्रै संघसंस्थाहरु दर्ता भएको तर, दर्ता भएका सबैले सामाजिक सेवाको भावना अनुसार काम गर्न नसकीरहेको गुनासो गरे ।जननिर्वाचित मेयर राईले यसरी दर्ता भएर बिधानतःउल्लेखीत उद्देश्यअनुसार काम नगर्ने संघसंस्थाहरुलाई सहयोग गर्न नसकिने बताए । उनले सकारात्मक सोँच र व्यक्तिगत स्वार्थभनदा माथि उठेर सामाजिक सेवामा लागिपरेको कीतिमानी युवा संघलाई पनि आगामी दिनमा निरन्तर सहयोग गर्न पहल गरिने बताए ।

त्यस्तै संघका केन्द्रिय अध्यक्ष चित्रकुमार कार्कीले आफूहरु देशकालागि समर्पित युवाहरुलाई एकताको सूत्रमा बाध्ने अभियानमा होमिएको बताए । अध्यक्ष कार्कीले बिभिन्न क्षेत्रमा कीतिमान या फरक क्षमताबाट चिनिएकाहरुलाई राष्ट्रव्यापी प्लेटफर्म तयार गर्न सहयोगीको भूमिका निर्वाह गर्दै अन्य युवाशक्तिलाई पनि सामाजिक परिवर्तनको संवाहक बनाउन एकीकृत बनाउने अभियान चलीरहेको दाबी गरे । उनले ऊर्जाशील युवाशक्तिलाई सामाजिक उतरदायित्वमुखी बनाउन सबैले सचेत हुन जरुरी रहेको जिकिर गरे ।

संघको बेल्टार अध्यक्ष रमिला बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव सुरज बस्नेतले सञ्चालन गरेका थिए । त्यसैगरी कार्यक्रममा चौदण्डीगढी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सन्तोष सुबेदी, स्रोत केन्द्रका स्रोतव्यक्ति राजकुमार ओझा, इलाका प्रहरी कार्यालय बेल्टारका प्रनानि प्रमेश्वर ठाकुर, प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका डाक्टर सन्तोष राई, स्थानीय समाजसेवी कृष्ण चामलिङ, संरचना नेपालका प्रतिनिधि हरिमान कटुवाल, स्थानीय शिक्षक जनक कार्की, मनोजकुमार झा, गृहलक्ष्मी महिला समाजका अध्यक्ष कौशीला राईलगायतको सहभागिता थियो ।

त्यस्तै दलित एकता समाज चौनपा अध्यक्ष दिलीप सेवा, नवज्योती महिला समूहका रत्ना राई, तथा संघको बेल्टार शाखामा पदाधिकारीहरुको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।