0 COMMENTS

काठमाडौं २६ भदाै०७४/ अपरहण गरी गेष्टहाउसमा बन्धक बनाई राख्ने ओखलढुङगा सिद्धिचरण–९ का २२ बर्षीय गोपाल गिरी र २३ बर्षीय दिनेश भुजेललाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
उनीहरुले खोटाङ धारापोखरी गाउँपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३० बर्षीय साजन मगरलाई लेनदेनको बिषयलाई लिएर अपहरण गरी सुकेधारास्थित माइली गेष्टहाउसमा बन्धक बनाएका थिए । सोको जानकारीसँगै पुगेको महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले मगरलाई सकुसल उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।