0 COMMENTS

पर्सा, २५ भदौ०७४/ हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

उहाँले विआर २२ एम ३२६३ नं को मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शम्शेरमाथि शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन थान गोलीलगायत प्रतिबन्धित सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

पक्राउ परेका भारतीय नागरिक शम्शेरले वीरगन्जको सुन व्यापारीलाई लुट्न आएको बयानमा बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो । हातहतियार मुद्दामा छ वर्ष अगाडि पक्राउ परेर चारवर्ष कैद भुक्तान गरी दुई वर्ष अगाडि शम्शेर रिहा भएको जानकारी दिँदै उहाँले पुनः वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजनासहित वीरगन्ज छिरेको बताउनुभयो ।

विसं २०६८ असार १४ गते वीरगन्जको माइस्थानस्थित अलंकार ज्वेलर्समा लुटपाट गर्ने क्रममा शम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका शम्शेरलाई हातहतियार खरखजाना ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।