0 COMMENTS

कल्पना बोहरा, अछाम २४ भाद्र /अछामका बिभिन्न बजार क्षेत्रका ब्यापारिहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाईएको छ । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, जयगढ बजार, बिनायक बजार, कमलबजार लगायतका बजारमा उपभोक्ता ब्यापक ठगिने गरेको खुलेको छ ।

यहाँका ब्यापारिहरुले मसला देखी मदिरा सम्म म्याद गुज्रियको बिक्रि बितरण गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको पाईएको छ । हालै जिल्ला प्रशासन कार्यालयले जिल्लाको साँफेबगर बजारमा गरेको बजार अनुगमनवाट यहाँका ब्यापारिहरुले महिनौं÷वर्षौ अगि म्याद गुज्रियका खाद्यबस्तु र मदिरा समेत बरामद गरिएको छ ।

अधिकाँश ब्यापारिहरुले मूल्यसूचि नै नराखेको पाईएको छ । यसरी हेर्दा उपभोक्ताले किन्ने हरेक बस्तुमा ठगी भईरहेको अनुगमन समिती संयोजक तथा सहायक प्रजिअ तुल बहादुर काउचाले बताए । साँफेबगरका खुद्रा पसल देखी होलसेल पसलवाट समेत लामो समय अगि म्याद सकिएका तयारी खाद्यबस्तु बरामद गरि नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।

सहायक प्रजिअ काउचाले भने “यतिसम्म की २०६९ सालमै म्याद सकिएको अफिसर च्वाईस नामक मदिरा समेत बिक्रि बितरणका लागि राखिएको पाईयो ।” कतिपयले फर्म नै दर्ता नगरी मदिरा लगायत खुद्रा ब्यापार गरिरहेका उनले बताए । साँफेबगरवाट एक गाडी म्याद गुज्रिएको (अखाद्य) सामग्रि बरामद गरि सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामको प्राङगणमा साँफेबगरवाट जफत गरिएको अबैध र म्याद गुज्रियको ५ पेटी मदिरा सहित, खैनी, मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेञ्चुरी, सुनपापडी, चिउरा, भुजा, पापड, बिष्कुट, लोसन आदि खाद्य सामग्रि सरोकारवालाको रोहबरमा जलाएर नष्ट गरिएको छ । यस्तै ७० केजी भानु नून, ५ वटा ढक तराजु र ३ वटा सुन तौलिने डिजिटल तराजु भने मुचुल्का बनाई प्रशासनमा राखिएको छ ।

उक्त सामान गुणस्तर तथा नापतौलि बिभाग र साल्ट ट्रेनिङ कर्पोरेसन संग समन्वय गरि जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अगि जिल्ला सदरमुकाम मंगलसेनमा गरिएको बजार अनुगमनका क्रममा ३ गाडी म्याद गुज्रियका खाद्यपदार्थ बरामद भएको थियो ।

ब्यापारिहरुले सबैभन्दा बढी ढक तराजु मार्फत उपभोक्तालाई ठग्ने गरेका छन । वर्षौ पहिले देखी प्रयोग भैरहेका ढक तराजु मार्फत तौलमा कमी गरि सामान बिक्रि गर्ने गरेको अनुगमन समितीको भनाई छ । खिया लागेका प्रयोग नै गर्न नमिल्ने खालका ढक तराजु प्रयोग गरेर उपभोक्ता ठगिने गरेको जनाईएको छ ।

समितीले साँफेबगरवाट मात्रै ५ वटा ढक तराजु जफत गरेको छ भने प्रयोग गर्नै नमिल्ने ३ वटा सुन तौलिने डिजिटल काटा जफत गरेको छ । सुन तौलिन प्रयोग हुने डिजिटल काटामा ब्यावसायिहरुले बढी बदमासि गर्ने गरेको जनाईएको छ । गुणस्तर तथा नापतौल बिभागले प्रणीत नगरेका डिजिटल तराजुवाट दैनीक उपभोक्ता ठगिने गरेका हुन ।

नापतौलमा ठगी गर्नेमा सबैभन्दा बढी मंगलसेन र साँफेबगरका ब्यापारिहरु रहेको जनाईएको छ । सुनचादी पसल र खाद्यान्न तथा किराना पसलहरुमा यस्तो खाले बदमासि बढी हुने गरेको अनुगमनकर्ताले बताएका छन । ब्यापारिले डिजिटल काटावाट पनि केही ग्रामको तलमाथि गर्दै सुनमा समेत उपभोक्तालाई ब्यापक ठग्ने गरेको सहायक प्रजिअ काउचाले बताए ।

अछामका प्राय बजार क्षेत्रमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराँउने भानु नुन बिक्रि बितरण हुने गरेको छ । साल्ट ट्रेनिङ कर्पोरेशन मार्फत यहाँका उपभोक्ताहरुलाई प्रति केजी ९ रुपैयाँमा बितरण हुने नुन खुदा पसलेहरुले बिक्रिका लागि राखेको पाईने गरेको छ । उक्त नुन २० देखी २५ रुपैयाँ सम्ममा उपभोक्ताले किन्ने गरेका छन । आयो नुन सबै उपभोक्ताको पहुंचका लागी साल्ट ट्रेनिङले सहकारी मार्फत बितरण गरेपनी सहकारीले ब्यापारिलाई बेच्ने गरेका कारण अनुदानको नुनमा पनि उपभोक्ता ठगिने गरेका हुन ।
उपभोक्ता ठगी गर्ने ब्यापारिहरुलाई गुणस्तर तथा नापतौल बिभागले मुद्धा समेत चलाएको छ । साँफेबगर र मंगलसेन बजारका १३ जना ब्यापारि उपभोक्ता ठगीको अभियोगमा बिभागवाट मुद्धा खेपिरहेका छन भने यस अगि ढक तराजुमा तलमाथि गर्ने मंगलसेनका ११ जना ब्यापारिलाई पनी कारबाही गरिसकिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा अहिले १ जना ब्यापारि अखाद्य बस्तु बिक्रि गरेर उपभोक्ता ठगेको केसमा मेद्धा खेपीरहेका बजार अनुगमन समिती संयोजक तथा सहायक प्रजिअ तुलबहादुर काउचाको भनाई छ । पछिल्लो समय अछाममा बजार अनुगमनलाई कडाईका साथ अगि बढाईरहेको जिल्ला स्तरीय बजार अनुगमन समितीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने, उपभोक्तावाट ब्रह्मलुट गर्ने र हरेक बहानामा बदमासि गर्ने ब्यापारिलाई तह लगायरै छाड्ने बताएको छ ।

पछिल्लो २ महिनाको अवधिमा जिल्लाका मुख्य ब्यापारिक क्षेत्रमा अनुगमन गरिसकेको समितीले अव थप प्रभावकारी ढंगले अनुगमन गर्ने बताईएको छ । संयोजक काउचा भन्छन “दशैं तिहार भीत्र अछामका सबै क्षेत्रमा सघन रुपमा बजार अनुगमन हुन्छ र बदमासि गर्ने जो कोहीलाई पनी कानूनअनुसार कारवाहि गरिनेछ ।” सदरमुकाम र मुख्य ब्यापारिक केन्द्रमै उपभोक्ता हरेक सामानमा ठगिरहदा त्यहाँवाट साना बजारमा जाने सामानवाट उपभोक्ता कति ठगिन्छन होला ? मुख्य बजारमै म्याद गुज्रियका र अखाद्य बस्तु भेटीदा गाँउ गाँउका किराना पसलवाट नागरिकले कसरी गुणस्तरीय उपभोग्य सामान प्राप्त गर्छन होला ? यो गम्भीर बिषय भएको उनको भनाई छ ।

प्रशासन र जिल्ला स्तिरीय बजार अनुगमन समितीले अनुगमनमा कडाई गरेपछी अहिले जिल्लाको ब्यापारिक केन्द्र जयगढमा भने केही सुधार भएको छ । उक्त बजार आउदा जाँदा समेत बाटोमै पर्ने भएकाले ब्यापारिहरुलाई सुध्रिनका लागि बेला बेलामा चेतावनि दिने गरेकोमा हाल ब्यापारिहरुले दर्ता प्रमाणपत्र, मुल्यसूचि सबैले देख्नेगरी राखेको पाईएको छ । ढक तराजुको ब्यावस्थापन तथा बजारको सरसफाईको अवस्था सुध्रिदै गएको सहायक प्रजिअ काउचाको भनाई र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।