0 COMMENTS

दमौली, २३ भदौ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उहाँको भनाइ छ । एमाले मधेस विरोधी होइन भन्दै उहाँले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताउनुभयो ।

नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उहाँको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।