0 COMMENTS

निराजन परियार,धनगढी २३ भदौ/भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले आज कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका स्थानिय जनप्रतिनिधीले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलता, म सबै खाले भ्रष्टाचारको बिरुद्ध र सदाचार प्रति प्रतिबद्ध रहने छु भन्ने नाराका साथ राष्ट्रिय हस्ताक्षर अभियान अन्र्तगत आज कैलाली जिल्लाको दुई वटा स्थानमा भएको कार्यक्रमका स्थानिय जनप्रतिनिधिहरुले सामुहिक हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएका हुन् ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले यो हस्ताक्षर कार्यक्रम धेरै राम्रो भएको उल्लेख गर्दै यो सफल अभियानमा लाग्ने र लागिरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भ्रष्टाचार मुक्त समाज बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पारदर्शी र जनताले महसुस हुने गरि काम गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै गौरीगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवाले यो आफनो प्रमुख जिम्मेवारी भएको बताउदै आफनो ५ बर्षे अवधिमा भ्रष्टचार र अनियमितको अन्त्य गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नागरिकका गुनासाहरुको सुनाई गर्दै स्थानिय तहको सेवा प्रवाहलाई छिटो छरितो र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।

देशका बिभिन्न जिल्लामा सो अभियान एकै पटक सम्पन्न भएको छ । कैलाली जिल्लामा एफएमडिसी, ईन्सेक गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै गौरीगंगा नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा एफएमडिसी, रेडियो शखी, रेडियो सुनौलो र सुचनाको हक सञ्जाल मसुरीयाको सहभागितामो हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।