0 COMMENTS

काठमाडौं २२भदाै०७४/दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ ।

धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको प्रहरी इन्स्पेक्टरको कमाण्ड टोली घटनास्थलमा गएको धितालले जानकारी दिए ।घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।