0 COMMENTS

काठमाडौं २२भदाै०७४/ राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा प्रजतान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणा पार्टी फुटाउने मोहरा मात्र बनेको आरोप लगाएका छन् ।

बिहीबार राजधानीमा आयोजित पार्टीको मध्यमाञ्चल क्षेत्रीय भेलामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन, डिजाइन अनुसार नै पार्टी विभाजन भएको हो, पशुपतिजी त मात्र पार्टी फुटाउन मोहरा  हुन् । स्वार्थी, पदलोलुप, मन्त्री बिना एक मिनेट बस्न नसक्ने अवसरवादीका नाइके मात्र बन्नु भयो पशुपति जी  थापाले भने ।

अध्यक्षको कार्यशैली, एकलौटी, तानाशाही भन्ने आरोप पार्टी फुटाउन पर्याप्त नहुने, पार्टी विचार नमिलेरमात्र फुट्नु पर्ने कुरा थापाले बताए । ‘हाम्रो रगत र पसिनाबाट जम्मा गरेको मतबाट सांसद भएकाहरुले  पार्टीको एजेन्डा माथि विश्वासघात गरेका छन्  उनले भने ।

एकलौटी भन्ने आरोप लागेकोमा म दुखी छु किनभने मैले नै मनोनीत गरेका ४२ मध्य १६ जना पार्टी विभाजनमा लागेका छन्, मैले मनोनीत गर्दा को कसको मान्छे भनेर हेरिन’ थाापाले भने । राप्रपा फेरि कहिल्यै उठ्न नसकोस् भनेर चुनावको मुखैमा पार्टी विभाजित गराइएको दावी गर्दै थापाले , त्यस्तो चाहना राख्नेहरुको सपना कहिल्यै पूरा नहुने बताए ।

विभाजनबाट राजनीतिक र मनोवैज्ञानिक प्रभाव बाहेक सांगठनिक र जनमतमा कुनै प्रभाव परेको छैन । हालै सम्पन्न तीन क्षेत्रीय सम्मेलनका लागि मेची महाकाली पुग्दा पार्टीका साथीहरू र आमजनताबाट मैले यो पाएको छु थापाले भने ।

हामी लामो रेसमा हिडेका छौ, बन्दुक चलाउन हामीले नजान्ने होइन, भुमिगत बस्न नसक्ने होइन, बिद्रोह गर्न नसकेको पनि होइन तर हामी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौ, वैधानिक बाटोबाट जनताको मन जितेर आफ्ना मान्यता स्थापित गर्छौ भनेर लागेका हौ, यो पार्टीका सदस्य ब्यबहार र चारित्रिक रुपमै पार्टी जस्तै अलग पहिचानको हुनुपर्छ, आजको आज नै, भोलि नै पद, पैसा, प्रतिष्ठा, क्षणिक लाभ र स्वार्थ बोकेकाहरु राप्रपाका सदस्य हुन सक्दैनन् । किनकि हामी एउटा मिशनमा हिडिरहेका छौ ।

उनले भने, ‘हामीले राप्रपालाई कांग्रेस एमालेको भाइ पार्टी बनाउन खोजेका होइनौं, अलग पार्टी जुन नेपाली जनताले खोजेको जस्तो पार्टी बनाउने अभियानमा छौ’ । थापाले भने । सम्मेलनमा तीन नं प्रदेशका जिल्ला अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरु, स्थानीय निर्वाचनका उमेदवारहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।