0 COMMENTS

काठमाडौं २२भदाै०७४/ सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वागमती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट सुरु गरेको थियो ।

नेपालको संविधानमा अञ्चलको व्यवस्था नभएकाले संघीय राज्यअनुसार प्रदेशका नामबाट प्लेट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।जडानलाई प्रदेशअनुसार गरे पनि प्लेटमा अंग्रेजी शब्द नै उल्लेख हुनेछ ।अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।