0 COMMENTS

सिरहा २१भदाै०७४/ सिरहा सदरमुकाम स्थित नेपाली कांंग्रेसको पार्टी कार्यालयमा टिकट वितरणमा जिल्ला सभापति रामचन्द्र यादबले अनियमितता गर्न खोजेपछि झडप भएको छ । केन्द्रले टिकटको सिफारिश गरेका वडा अध्यक्षका उम्मेदबारलाई टिकट नदिई सभापति यादबले आफ्ना मान्छेलाई टिकट दिन खोज्दा झडप भएको काँग्रेसका एक जिल्ला नेताले जानकारी दिए । झडपमा ८ नेता घाईते भएका छन् ।

घाईते मध्ये राजेसर यादब, मुकेश यादब, बुधन यादब, सर्दिप यादब र जगदीश यादबको अबस्था गम्भिर भएकोले बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाईते अन्य तीन जनाको उपचार जिल्ला अस्पताल सिरहामा भईरहेको छ । झडपका क्रममा जिल्ला सभापति यादबमाथि समेत हातपात भएको थियो । अहिले सो ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।