0 COMMENTS

काठमाडौ, २१ भदौँ । नेपाल स्रष्टा समाजद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ को लागि मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य, पत्रकारिता, दलित महिला र समग्र दलित हकहितको लागि सक्रिय भई सामाजिक सेवामार्फत समाज रुपान्तरणमा पुर्याउँदै आउनु भएको महत्वपूर्ण योगदानका निमित्त विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार आलोकद्वारा नै स्थापित उक्त सम्मान २०६५ सालदेखि निरन्तर प्रदान गरिँदै आएको छ । पुरस्कारको राशि रु. २५ हजार र सम्मानपत्र रहेको छ ।

उक्त सम्मानबाट हालसम्म सर्वश्री रमा शर्मा, भद्रकुमारी घले, अंगुरबाबा जोशी, सगुन शाह, शान्ता श्रेष्ठ, कविता पौडेल, दुर्गा घिमिरे सम्मानित भइसक्नु भएको छ । उक्त सम्मान यही भाद्र ३० गते एक विशेष समारोहबीच प्रदान गरिने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।