0 COMMENTS

काठमाडौं २०भदाै०७४/ तेस्रो चरणमा असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन मात्रै प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दल एमाले तथा सत्तारुढ प्रमुख दलहरुले पनि सबै स्थानीय तहको उम्मेदवार घोषणा गरेका छन् ।

केही दिनअघि नै उम्मेदवार घोषणा गर्ने तयारी गरेको नेपाली कांग्रेसले विवादका कारण उम्मेदवारहरुको टुंगो लगाउन सकेको थिएन ।

मंगलबार मात्रै कांग्रेसले २ नम्बर प्रदेशको ८ जिल्लाको १ सय ३६ स्थानीय तहको उम्मेदवार टुंगो लगाई उम्मेदवार सार्वजनिक गरेको छ । असोज २ गते हुन २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम छ ।

दुई चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत यो निर्वाचनमा भाग लिने भएकाले पनि अन्योलतामा रहेको २ नम्बर प्रदेशको निर्वाचनमा झनै बढी उत्साह देखिएको छ ।

हेर्नुहोस्, नेपाली कांग्रेसका उम्मेदवारको सूचि हेर्न याहाँ क्लीक गराै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।