रमिला बस्नेत ,उदयपुर ,भदौ २०/ उदयपुरको गाईघाट स्थित चापमा १८ बर्षिय युवक द्वारा ५ वर्षिया बालिका बलातकृत भएकीछीन ।
बालिकालार्इ उदयपुरको त्रियुगा नगरपालिका ३ चाँपका १८ वर्षिया होमबहादुर कार्कीले चकलेट दिएर जबरजस्ती करणी गरेका हुन् ।
इस्लाम धर्मावलम्बीहरुको दोश्रो ठुलो चाड (बकर–ईद) को सार्वजनिक बिदाको दिन आईतवार मध्यान्न घरमा कोही नभएको माैकाछाेपी बालिकालाई चक्लेट दिएर उनकै घरमा बलात्कार गरेको जनाएका छन् ।
स्थानीय त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा कक्षा– १२ मा अध्यायनरत कार्कीले मामा भान्जीको नाता लगाउदै आएको बालिकालाई करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।
सधै जसो बालिकाको घरमा आउजाउ गरि रहने कार्कीले मध्यायन ३ बजेतिर बालिकाको आमा छिमेकीकोमा गएको मौका छोपि उनलाई बलात्कार गरेको पिडित बालिकाले बताईन ।
पिडित बालिकाका अनुसार गाँउबाट आमा घर आएपछि मामाले नभन्नु भनेको छ भन्दै मेरो यहाँ दुख्यो भनि उनले आफनो गुप्ताङ्ग देखाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएकाे छ ।
दिउँसो ३ बजेको घटना साँझ ५ बजे प्रहरीको आई पुगेकाले उद्धार गर्न सहज भएको प्रहरीले जानकारी दिए । प्रहरीले कार्कीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको र बालिकाको स्वास्थ्य परिक्षण गरि उपचार भई रहेको छ । कार्की विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।